१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

मेघगर्जन तथा चट्याङ सहित भारी बर्षाको संभावना, सतर्क रहन मौषम विज्ञान विभागको अनुरोध

देशका केहि स्थानमा आज मेघगर्जन तथा चट्याङ सहित भारी बर्षा हुने सम्भावना रहेको छ ।
जल तथा मौषम विज्ञान विभागका अनुसर मनसुनी प्रणालीको प्रभावले देशका केहि स्थानम सामान्य बदली रही मेघगर्जन तथा चट्याङ सहित भारी बर्षा हुने सम्भावना रहेको जनाएको छ ।
बिशेष गरि सुदूरपश्चिम, प्रदेश १ एवं मधेस प्रदेशका केहि स्थानमा भारी बर्षाको सम्भावना रहेकोले सतर्क रहन पनि मौषम बिज्ञान विभागले जनाएको छ ।
भोलि शनिवार वाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेकाले अबको दुई/तीन दिन पछि मनसुन कमजोर भई वर्षा कम हुँदै जाने पनि विभागको अनुमान छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*