१९ मंसिर २०८१, बुधबार  |  4 December 2024,Wednesday
Ad

दाङको टरिगाउँ विमानस्थलको हवाई इन्धन डिपोको गेटमा तालाबन्दी

दाङको तुल्सीपुर स्थित टरिगाउँ विमानस्थलको हवाई इन्धन डिपोको गेटमा आईतावार (आज) तालाबन्दी गरिएको छ ।
जहाजमा इन्धन भर्न प्रयोग हुने बाउजर सरकारले फिर्ता लैजाने तैयारी गरेपछि तुल्सीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी तथा तुल्सीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे लगाएतको टोलिले डिपोको गेटमा तालाबन्दी गरेको हो ।
गएको जेष्ठ ११ गते ल्याईएको १२ हजार लिटर क्षमताको उक्त बाउजर जहाजमा इन्धन भर्न प्रयोगमा आईनसक्दै सरकारले फिर्ता लैजाने तैयारी थालेको हो ।
उद्योग वाणिज्य संघ लगाएतको टोलिले बाउजर नलैजान नेपाल आयल निगम तुल्सीपुरमा ध्यानआकर्षण पत्र समेत बुझाएको छ । आफुहरुको माग प्रति बेवास्ता गरिए सशक्त आन्दोलन गर्ने समेत चेतावनी दिईएको तुल्सीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले बताए ।
इन्धन डिपो नभएकै कारण अन्य जाहजले उडान भर्न नसकेको टरिगाउँ विमानस्थलमा अहिले नेपाल वायुसेवा निगमको एउटामात्र जहाजले उडान भर्दै आएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*