बालुवाटारमा आगलागी, ५ वटा दमकलद्धारा निभाउने प्रयास जारी

न्यूज समय


काठमाडौंको बालुवाटारस्थित एक भवनमा आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार कार्यालयको भवनमा आगलागी भएको हो । भवनमा बिहानैदेखि देखि आगलागी भएपनि के कारणले आगलागी भयो भन्ने खुलेको छैन ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको छ ।

नेपाल प्रहरीको वटर क्यानोन, तीन ओटा दमकल र दुई ओटा पानी ट्याङकरको पानीले भवनमा लागेको आगो निभाउने प्रयास भइरहेको छ । आगलागीको कारण बालुवाटारबाट सवारी साधनलाई डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।