काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । महानगरले राष्ट्रिय सभागृहमा दिउँसो ३ बजे नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको हो ।
आज प्रस्तुत हुने निति तथा कार्यक्रमका आधारमा आगामी असार १० गते आर्थिक वर्ष २०७९(८० को बजेट आउने महानगरले जनाएको छ ।
महानगरको नगरसभामा अल्पमतमा रहेका स्वतन्त्र मेयर बालेन्द्र साहलाई नीति तथा कार्यक्रम पेस गर्न वडाध्यक्षहरूको साथ चाहिनेछ ।
न्यूज समय
५ असार, २०७९, आईतबार ००:००