प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको छ। सरकारले धिरज प्रताप सिंहलाई वैशाख १८ गते आईजीपीमा बढुवा गर्ने निर्णय गरेपछि एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए।
यसअघि जेठ १७ गते नै अन्तिम सुनुवाइको मिति तोकिएको भए पनि त्यसदिन सुनुवाइ हुन सकेन। अवकाश भइसकेका तीन डीआईजीको मुद्दाका कारण सुनुवाइ प्रभावित भएपछि सार्न नमिल्ने गरी आजलाई पेशी तोकिएको थियो।
सरकारले आफूभन्दा १६ महिना जुनियरलाई आईजीपी बनाएको भन्दै एआईजी पोखरेल न्याय माग्न सर्वोच्च अदालत पुगेका थिए ।
न्यूज समय
३० जेष्ठ, २०७९, सोमबार ००:००