कांग्रेस नेतृ एंव गण्डकी प्रदेश सदस्य पोखरेल गम्भिर घाइते
- २३ जेष्ठ, २०७९, सोमबार १५:०३
- मुख्य समाचार
- न्यूज समय
नेपाली कांग्रेसकी नेतृ एंव गण्डकी प्रदेश सदस्य संज्ञा पोखरेल लडेर गम्भिर घाइते भएकी छन् । नेतृ पोखरेल आफ्नै निवासमा लडेर गम्भिर घाइते भएकी हुन् । उनको अहिले वीर अस्पताल स्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
गम्भिर घाइते पोखरेलको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
नेतृ पोखरेल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलकी माइली छोरी हुन् । उनी कास्कीबाट नेपाली कांग्रेसको संघीय महाधिवेशन प्रतिनिधि समेत हुन् ।