कास्कीको जिल्ला समन्वय समिति नेकपा एमालेको पोल्टामा

न्यूज समय

जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा एमालेका लिलाधर पौडेल निर्वाचित भएका छन् । पोखरा महानगर २२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससको प्रमुखमा उम्मेदवार बनाएको थियो । उनले ६ भोट ल्याएर निर्वाचित हुँदा गठबन्धन उम्मेदवार दीपेन्द्र ढकालले ४ मत ल्याए ।

उपप्रमुखमा पनि एमालेकै सरिता कुमाल विजयी भएकी छन् । उनले गठबन्धनकी उषा थापालाई हराएकी हुन् । ढकाल काँग्रेस र थापा माओवादीबाट उम्मेदवार थिइन् । ५ पालिका रहेको कास्कीमा एमालेले २ पालिकाको प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको थियो ।

काँग्रेसले २ पालिकाको अध्यक्ष र १ पालिका उपाध्यक्ष तथा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुख जितेको हो । सदस्यहरूमा एमालेकै गणेशबहादुर घर्ती, लक्ष्मी दमै, सीतादेवी बिक, सुकमाया नेपाली, बालिका सुवेदी, राजु अधिकारी र हरेक बहादुर गुरुङ निर्वाचित भए ।