नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले नेपाललाई पेट्रोल, डिजेल र ग्यास मुक्त देश बनाउने अभियानको थालनी गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा बोल्दै थापाले पेट्रोल, डिजेल र ग्यासको विकल्प खोज्नुपर्ने बताए ।
उनले भने– ‘पेट्रोल, डिजेल र एलपी ग्यासमुक्त देश बनाउन आजै पहल गरौं, पाँच–दश वर्षभित्र पेट्रोलियम पदार्थको प्रयोग नै गर्नुनपर्ने महत्त्वाकाङ्क्षी विकल्पमा काम गरौं।’ सरकारले पेट्रोलियम पदार्थमा लगाइरहेको भन्सार, प्रदूषण, सडक मर्मत लगायत कर घटाएर भए पनि राहत दिनुपर्नेमा थापाले जोड दिए।
उनले आर्थिक सङ्कट समाधानका लागि सरकारले युद्धकालको जस्तो सोच राखेर काम गर्नुपर्ने बताए।तत्काल पेट्रोलियम ऐन ल्याउन समेत महामन्त्री थापाले आग्रह गरेका छन्।
न्यूज समय
२० जेष्ठ, २०७९, शुक्रबार ००:००