५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्न खोज्दा झडप, ४ राउण्ड हवाई फायर

स्वर्गीय राजा वीरेन्द्र शाहको स्मृतिमा राखिएको शालिक प्रहरीले बल प्रयोग गरी निकालेको छ। नेपालगन्जस्थित वीरेन्द्रचोकअर्थात धम्बोझीबाट बिहीबार बिहान नागरिक समाजले राजा वीरेन्द्रको शालिक राखेका थिए। प्रहरीले

राखिएको शालिक निकाल्न खोजेपछि स्थिति तनाबग्रस्त बनेको थियो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले त्यसपछि ४ राउण्ड हवाई फायर गरेको थियो। झडपमा एक दर्जनभन्दा बढी प्रहरी सामान्य घाइते भएका छन्। अहिले थप सुरक्षाका लागि सशस्त्र प्रहरी पनि परिचालित भएको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले बताए ।

२१औँ पुण्यतिथिको अवसरमा राखिएको शालिक राज्यले बल प्रयोग गरेर निकाल्नु व्यवस्था विरोधी काम भएको नागरिक अगुवाहरुको भनाइ छ। एउटा राजाको शालिक राख्दा गणतन्त्र सरकार यसरी डकमगाउनु पर्ने अवस्थाले गणतन्त्रको धरातल कमजोर भएको सावित हुने नागरिक अगुवाहरुको भनाइ छ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*