आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : माधवकुमार नेपाल

न्यूज समय


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् ।

कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत पुगेका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पारे ।

अहंकारी र षडयन्त्रकारीहरुले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारे ।

उनले भने– ‘आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए । बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन,’ उनले भने ।