बिक्रम संवत २०२३ सालमा दाङ जिल्लाको साविक गोवडिया गाविस वडा न ३ मा बाबु ललित नाथ योगी र आमा उषा योगी को कोखबाट जन्म भएको थियो लक्ष्मी योगीको । सानै उमेर देखि सवै संग मिल्न सक्ने योगी भद्र तथा अध्ययनसिल स्वभावकी थिईन् ।
घरमा जेठो सन्तानको रुपमा जन्मियकी योगीलाई बाबा आमाले निकै साँस्कारिक वातावरणमा हुर्कायका थिए ।
२०४२ सालमा साविक सतवरिया गाविस वडा न. ३ उचानिम्बु निवासी पदम प्रसाद योगी संग विवाह बन्धनमा बाँधिएकी योगी प्रमाणपत्र तह सम्म अध्ययन गरेकी छन् । समाज सेवामा निकै रुचि राख्ने उनि महिलाका हक, हित र अधिकारका क्षेत्रमा दुई दशक लामो काम गरेको अनुभव छ ।
समुदायका महिलाको आर्थिक जिवन स्तर उकास्न दिन रात खटिने लक्ष्मी सामुदायिक बन महाँसंघ दाङको दुई कार्यकाल महासचिव जस्तो गरिमामय पदमा रहेर काम गरिसकेकी छिन् ।
राष्ट्रिय चुरे संरक्षण अधिकार मञ्चको महासचिव समेत भएर काम गरिसकेकी उनि हाल सामुदायिक बिद्यालयको लुम्विनी प्रदेश सदस्य समेत रहेर सामुदायिक बिद्यालयको स्तर उन्नतिकालागि योगदान पुर्याउँदै आएकी छिन् ।
नेपाली काँग्रेसको क्षेत्र न. १ को महत्वपूर्ण पदमा रहेर काँग्रेस प्रतिको जिम्वेवारी बहन गर्दै आएकी लक्ष्मी नेपाल महिला संघ दाङको सचिव जस्तो गरिमामय पदमा बसेर महिलाका क्षेत्रमा थुपै काम गरिसकेकी छिन् ।

नेपाली काँग्रेसमा आवद्ध योगीले प्रजातन्त्र प्रति बिश्वास राख्दै स्वतन्त्र तथा निश्पक्ष भएर समाज बिकासमा योगदान पुर्याएकी एक महिलाको रुपमा पहिचाहन बनाएकी छिन् ।
काँग्रेसले यहि बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनाबमा लमही नगरपालिकाको उपमेयर जस्तो गरिमामय पदमा लक्ष्मीलाई उमेदवार बनाएको छ ।
योगी भन्छिन् “अहिले सम्म समाजकै सेवा गरेर दिन बिताए अब आउने थप दिनहरु पनि समाजकै सेवामा तल्लिन रहने छु” “लक्ष्मी थप्छिन एक पटक अत्यधिक मत दिएर जिताउनुस् तपाईहरुले दिएको बिश्वास सहितको मतको उर्जालाई विकास निर्माण सहितको समाज सेवामा लगानी गर्ने छु”।
विशेष गरि उत्पिडनमा परेका महिलाका मुद्दाहरुमा भावुक हुँदै त्यसको उत्थान र न्यायका लागि लडने साहस राख्ने लक्ष्मी योगी जस्ता महिलालाई जिताई नेतृत्वको अवसर दिनुपर्ने लमही नगरपालिका क्षेत्रका बुद्धिजिवीहरु बताउँछन् ।
न्यूज समय
१३ बैशाख, २०७९, मंगलबार ००:००