राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको काष्ठमण्डपको उदेघाटन गरेकी छन् ।
दरबार क्षेत्रमा पुनर्निर्माण गरिएका काष्ठमण्डपमा अहिले गणेश र गोरखनाथको नयाँ मूर्ति राखिएको छ ।
सर्वोच्चमा परेको रिटको अन्तिम किनारा नलागे सम्म यथास्थितिमा राख्न भएको आदेशको बेवास्ता गर्दै राष्ट्रपतिले मण्डपको उद्घाटन गरेको बताईएको छ ।
यस अघि सर्वोच्चमा नयाँ मूर्ति राख्न रोक लगाउन माग गर्दै परेको रिटमा मुद्दाको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्न सर्वोच्चले आदेश दिएको थियो ।
न्यूज समय
२१ चैत्र, २०७८, सोमबार ००:००