नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) ले अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश हुनबाट रोकेका छन् ।
केहि बेर अघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा प्रधानमन्त्री देउवाले आज पेश नगर्न सहमती जनाएपछि टेवल हुनबाट रोकिएको हो ।
दिउँसो १ बजे बस्ने प्रतिनीधि सभा बैठकमा एमसीसी टेवल गर्ने निर्णयलाई रोकेर थप छलफल गर्ने सहमती भए पछि एमसीसी टेवल हुनबाट रोकिएको हो ।
भोलि ३ बजे बस्ने गठबन्धनका नेताहरुको बैठकले यस बारे थप छलफल गर्ने सहमति भएको र सोहि बमोजिम निर्णय लिइने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए ।
न्यूज समय
४ फाल्गुन, २०७८, बुधबार ००:००