नेपाली कांग्रेसको संसदीय दलको बैठकले बर्तमान राजनीतिक अवस्थाका बारेमा छलफल गरेको छ ।
मंगलबार बिहान नयाँबानेश्वर स्थित संघीय संसद भवनको ल्होत्से हलमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्ताव र (एमसीसी) का विषयमा छलफल भएको नेताहरुले बताइएको छन् ।
एमसीसी संसदमा पेश गर्नुपर्ने र संसबाटै पास गराउनुपर्ने काँग्रेसले बताईरहेका बेला पार्टीले यो छलफलको आयोजना गरेको हो ।
बर्तमान अवस्था र त्यसको निकासका बारेमा भएको छलफलमा गैर संसद रहेका काँग्रेसका विज्ञलाई समेत डाकिएको थियो ।
न्यूज समय
३ फाल्गुन, २०७८, मंगलबार ००:००