पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बिद्यार्थीहरुले बिहिबार (आज) काठमाडौंमा प्रदर्शन गरेका छन् ।
नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि बिरुद्ध प्रदर्शन गरेका हुन् ।
काठमाडौंको त्रिचन्द्र कलेज आसपास क्षेत्रमा बिद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला समेत जलाएका छन् ।
स्वाथानीय तहको निर्वाचन चाँडै घोषना गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर जस्ता नारा लगाउँदै बिद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।
लगत्तै प्रदर्शनकारी बिद्यार्थीहरुलाई प्रहरीले हस्तक्षेप गर्दै तितर बितर पारेको थियो ।
न्यूज समय
२० माघ, २०७८, बिहीबार ००:००