बढदो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बुधबार देखि पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई रोक लगाइएको छ ।
नेपालमा कोरोना संक्रमण भित्रिए देखिको अहिले सम्मकै उच्च संक्रमित दर भेटिए संगै प्रसाशनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउनेहरुको भिड भाड हुन सक्ने भन्दै मन्दिर केहि समयका लागि बन्द गर्न आदेश दिएको थियो ।
सोहि आदशलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषद्वारा जारी बिज्ञप्तीमा आज देखि लागु हुने गरी नियमित पुजा बाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरिएको जनाएको छ ।
प्रसाशनले माघ मसान्तसम्म मन्दिर, मस्जिद गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा नित्य पूजा, ध्यान र प्रार्थना बाहेक अन्य क्रियाकलाप नगर्न भनेको छ ।
न्यूज समय
५ माघ, २०७८, बुधबार ००:००