२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

मन्त्री अधिकारीको निधन प्रति प्रतिनिधिसभाद्वारा शोक प्रस्ताव पारित

१७, फागुन, काठमाडौँ । प्रतिनिधिसभाको आजले बैठक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाका सदस्य एवं पर्यटन तथा नागरिक उड्डयनमन्त्री अकिकारीको निधन प्रति सभामुख कृष्णबहादुर महराले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई सदनले सर्वसम्मतिले पारित गरेको हो ।
प्रस्तावमा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० मा पर्ने सिस्नेभिरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीको ४९ वर्षको उमेरमा फागुन १५ गते बुधबारका दिन असामयिक निधन भएकामा प्रतिनिधिसभाको यो बैठक गहिरो शोक प्रकट गर्दछ भनिएको छ ।
साथै बैठकले मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । बैठकमा स्व अधिकारीको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।
स्वर्गिय अधिकारी विसं २०६४ र २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कास्कीको निर्वाचन क्षेत्र नं– २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, व्यवस्थापिका–संसद्को विकास समितिका पूर्व सभापति, जनप्रिय नेताका रुपमा पचित हुनुहुन्थ्यो ।
हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सात जनाको निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन १८ गते शनिबार दिनको १ बजे बस्नेछ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*