देउवा प्रधानमन्त्रीमा नियुक्त, आजै बेलुका सपत ग्रहण गर्ने

न्यूज समय


नेपाली काँग्रेसका सभापति शेरबहदुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार आज देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रिपति कार्यालय श्रोतले जनाएको छ ।
नवनियुक्त प्रधानमन्त्री देउवको सपथ ग्रहण कार्यक्रम पनि आजै बेलुका गर्ने तैयारी भएको छ ।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्दै काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
२०५२, २०५८,२०६१, २०७४ र २०७८ गरी देउवा ५ पटक नेपालको प्रधानमन्त्री बनेका छन् ।