बाढिले नेपालको दोस्रो ठुलो पुललाई पनि छोडेन

न्यूज समय

गएराती देखि परेको अविरल बर्षाले दाङ जिल्लामा पर्ने नेपालको दोस्रो ठुलो पुललाई पनि क्षति पुर्याएको छ ।
अविरल बर्षा संगै आएको बाढिले राप्ती नदिमा रहेको उक्त पुल प्रबेश स्थानमा क्षति पुर्याएपछि अहिले त्यस क्षेत्रको बाटो अवरुद्ध भएको छ ।
देउखुरी स्थित राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिका जोड्ने यो पुल नेपालको दोस्रो ठुलो पुलका रुपमा परिचित छ ।
यसको कुल लम्वाई ८६० मिटर र चौडाई साढे १० मिटर रहको छ ।
अनक निर्माण सेवाले आब २०७२/०७३ देखि सुरु गरेको निर्माण कार्य समय सिमाको सम्झौता अगावै निर्माण सम्पन्न भएको थियो ।