नेपाली कांग्रेसले ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यताको नामावली पार्टीको वेबसाइट मार्फत सार्वजनिक गरेको छ ।
आगामी १४ औं महाधिवेशनको पूर्वसन्धामा क्रियाशील सदस्यताको नामावली टुङ्ग्याउने प्रयासमा काँग्रेस लागेको छ ।
काँग्रेसले यसअघि १०१ स्थानको क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरिसकेको छ ।
यो ३३ जिल्ला पछि अब कांग्रेसका क्रियाशील सदस्यताको अझै ७ जिल्लाबाट नमावली आउन बाँकी रहेको काँग्रेस स्रोतले जनाएको छ ।
स्रोतका अनुसार सप्तरी, बारा, सिन्धुपाल्चोक, प्यूठान, बर्दिया, रुकुम पश्चिम र डडेलधुराबाट सदस्यता नामावली आउन बाँकी रहेको बताईएको छ ।
केहि जिल्लामा क्रियाशील सदस्यताको बिषयमा विवाद भएपछि सवै जिल्लाको नामावली सार्वजनिक गर्न ढिलो भएको हो ।
काँग्रेसले आउँदो भाद्र १६ गतेबाट १४औं महाधिवेशन गर्ने निणर्य गरेको छ ।
न्यूज समय
३१ जेष्ठ, २०७८, सोमबार ००:००