रौतहटमा एक महिलामाथि एसिड प्रहार भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीया दीपिका विकमाथि एसिड प्रहार भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
दीपिकालाई उनका श्रीमान् दीपकले एसिड प्रहार गरेका थिए । सामान्य घरायसी विवादमा श्रीमतीलाई शनिबार साँझ एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछानेले बताए ।
बायाँ हात र पेटमा एसिड लागेको दीपिकाको चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ ।
एसिड प्रहार गर्ने दीपक प्रहरी हिरासतमा रहेको र कानून बमोजिमको कारबाही हुने डीएसपी लामिछानेले बताए ।
न्यूज समय
३० जेष्ठ, २०७८, आईतबार ००:००