दाङको तुलसीपुरमा प्रहरीले गोली फाईरिङ गर्ने दुईजना यूवालाई पक्रउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका ८ टिकरीमा गोली फाईरिङ गरेको आरोपमा शुक्रबार दिउँसो पेस्तोल सहित दुई जना यूवालाई पक्रउ गरेको हो ।
पक्राउ पर्नेमा तुलसीपुर ८ टिकरी बस्ने २४ बर्षीय पूर्ण वली र २१ बर्षीय आकाश चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
जग्गा सम्बन्धी विवाद हुँदा उनीहरुले गोली चलाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।
गोली चलाएका उनिहरुलाई भाग्दै गरेको अवस्थामा प्रहरीले त्यहाँ स्थीत अश्वारा गनारी कुलोबाट पक्राउ गरेको हो ।
उनिहरुको साथबाट एकथाना पेस्तोल र ६ राउन्ड गोली समेत बरामत गरिएको छ ।
गोली कस्लाई प्रहार गरिएको भन्ने नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
न्यूज समय
२८ जेष्ठ, २०७८, शुक्रबार ००:००