रौतहटबाट प्रहरीले श्रोत नखुलेको पैसा सहित २ जना भारतिय नगरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्षीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवार रहेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान ३० लाख ७६ हजार रुपैयाँसहित त्यहाँको परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापबाट उनिहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयको भनाई छ ।
भारतबाट बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरूलाई प्रहरीले चेक जाँच गर्दा उक्त परिमाणमा पैसा भटिएको हो ।
भेटिएको रकमको स्रोत नखुलेको र उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।
न्यूज समय
२६ जेष्ठ, २०७८, बुधबार ००:००