विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् ।
गत शुक्रबार मध्यरातमा प्रधानमन्त्री के.पि. ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि विपक्षी दलहरु यस्तो निर्णयमा पुगेका हुन् ।
बिपक्ष दलहरुका १४९ जना सांसदको हस्ताक्षर संकलन सहित सर्वोच्च अदालतमा रिट दिन लागिएको नेताहरुले बताएका छन् ।
रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिदैछ ।
रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश सहित प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस खारेज गरी संसद अधिवेशन बोलाउन अन्तरिम आदेश पनि माग गरिएको कांग्रेस नेता रमेश लेखकले बताए ।
न्यूज समय
९ जेष्ठ, २०७८, आईतबार ००:००