नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बर्तमान सरकार गठन भए देखि संवैधानिक गणतन्त्र जोखिममा परेको बताएका छन् ।
प्रतिनीधि सभाको आजको बैठकमा सांसदहरुलाई प्रधानमन्त्रीको बिश्वासको मतको बिपक्षमा मतदान गर्न आव्हान गर्दै सभापति देउबाले बर्तमान सरकारले संवैधानिक व्यवस्थालाई लत्याउने कार्य गरेको आरोप लगाए ।
कोरोनाका कारण देश अत्यन्त अप्ठेरोमा रहेको बेला जनताको ज्यानको सुरक्षालाई ख्याल नगरेको देख्दा सरकारको चरित्र उदांगो भएको देउबाको बताए ।
प्रतिपक्ष दलका नेता समेत रहेका देउवाले प्रधानमन्त्री केपी ओलिलाई सोधे “प्रधानमन्त्री ज्यू एकपटक छातिमा हात राखेर भन्नुस अहिले भ्रष्टाचारको अवस्था के छ” ? कमिसनका कारण समयमै खोप आउन नसकेको हो कि हैन ? बिज्ञहरुको चेतावनी र सुझाव दिदा दिदै व्यवास्ता गरेका कारण बिश्वमै देश जोखिमयुक्त भएको छ कि छैन ?
देउवाले प्रधानमन्त्री ओलीलाई थप प्रश्न गरे “प्रधानमन्त्री जी चुनावमा गरेको बाचा सोध्न चाहन्छु रेल, पानी जहाज, चुलो चुलोमा ग्याँस खै” ? “कोहि पनि नेपाली रोजगारीका लागि बाहिर जानुनपर्ने बाचा कहाँ गयो” ?
प्रतिपक्षमा रहेर रचनात्मक भुमिका निर्बाह गर्दा पनि आफुहरु आलोचित भएको भन्दै देउबाले सत्तासिन सरकारबाट संविधान र गणतन्त्र सुरक्षित छ, भन्ने प्रस्न उठेको बताए ।
यस अवस्थामा आफुहरु भाग्न नसक्ने भएकाले नेपालको संविधानको ७६ (२) अनुसार अर्को सरकार गठन गर्न सभापति देउबले माग समेत गरे ।
न्यूज समय
२७ बैशाख, २०७८, सोमबार ००:००