सरकारले आजदेखि कोरोनाविरुद्धको खोप संघीय संसदका सांसदहरुलाई दिने भएको छ।
उनीहरुलाई काठमाडौंको सिभिल हस्पिटलबाट ३ दिनभित्रमा खोप दिइसक्ने स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बैठकमा सहभागी हुनुअघि नै सबै सांसद्हरूले खोप अनिवार्य लगाउनुपर्ने नियम बनाइएको संघीय संसद् सचिवालयले जनाएको छ।
संसद भवन नजिकै रहेको नेपाल निजामती अस्पतालमा संसद् सचिवालयका कर्मचारी, मर्यदापालक र सांसद् तथा मन्त्रीका अंगरक्षकसहितलाई समेत खोप लगाइनेछ । आजदेखि ३ दिनभित्र सांसद्हरूलाई खोप लगाउने कार्यतालिका छ ।
न्यूज समय
१९ फाल्गुन, २०७७, बुधबार ००:००