संसद पुनःस्थापनापछि अवस्थाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

न्यूज समय

संसद पुनःस्थापनापछिको अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी तथा प्रभावशाली नेताहरुको बैठक बस्दै छ ।

दिउँसो तीन बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने बैठकमा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेसँगै उत्पन्न परिस्थितिका बारेमा छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलेल जानकारी दिए ।

यस्तै विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपाको प्रस्तावलगायत विषयमा छलफल हुने पौडेलले जानकारी दिए ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेसँगै नयाँ सरकार गठनको बहस सुरु भएको छ । यसमा कांग्रेस निर्णायक देखिएको छ । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् ।