नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार हुने प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शनमा घरघरबाट सहभागिता भएर प्रभावकारी रुपले सफल बनाउन अपील गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा आइतबार विज्ञप्तिमार्फत् भातृ संस्था र शुभेच्छुक सबैलाई यस्तो अपील गरेका हुन् । विज्ञप्तिमार्फत ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागिएको जनाइएको छ।
‘भोलिको प्रदर्शनमा सबैलाई घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा अपिल गर्दछु,’ देउवाले विज्ञप्तिमा भनेका छन्।
प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भन्दै त्यसविद्ध आगामी माघ ८, १९ र २४ गते पनि प्रदर्शनमा सहभागीता जनाउन सभापति देउवाले अपील गरेका छन् ।सभापति देउवा सोमबार बुटवलमा हुने प्रदर्शनमा सहभागी हुने जनाइएको छ ।
न्यूज समय
३ फाल्गुन, २०७७, सोमबार ००:००