१५ बैशाख २०८१, शनिबार  |  27 April 2024,Saturday
Ad

वालुवाटार जग्गा प्रकरण : माधव नेपाल विरुद्धको मुद्दाको पेशी तोकियो

बालुवाटार जग्गा प्रकरणमा नेकपाको दाहाल नेपाल समुहका अध्यक्ष तथा पूर्व – प्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामो पेशी तोकिएको छ। तत्कालीन मन्त्रिपरिषदको निर्णयका आधारमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई पनि मुद्दा चलाउन माग गर्दै परेको रिटमाथिको सुनुवाइका लागि आज पुनः पेसी तोकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा पेशी तोकिएको हो। बालुवाटार जग्गा प्रकरणमा नेता नेपाललाई मुद्दा नचलाएको भन्दै अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधिवक्ताको कार्यालयलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए।

बालुवाटार जग्गा प्रकरणमा नेपालको संलग्नता रहेको भएको आरोप लगाइरहेका छन्। तर, नेता नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आइरहेका छन्। यसअघि पनि यही इलाजमा उक्त मुद्दा परेको भए पनि हेर्न नभ्याइने सूचीमा राखिएको थियो।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*