नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटनका विरुद्धमा भोली अर्थात सोमवार ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ । सो विरोध प्रदर्शनमा सहभागि हुनका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरु विभिन्न जिल्लामा जाने भएका छन् ।
जसअनुसार सोमवारको प्रदर्शनमा सहभागि हुनका लागि सभापति देउवा रुपन्देही जाने कार्यक्रम तय भएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ जाने तय भएको छ । त्यसैगरि महामन्त्री डा शशांक कोइरालाले दाङको प्रदर्शनपछिको विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पूर्व महामन्त्री प्रकाशमान सिंह कास्की जिल्ला कार्यसमितिले पोखरामा आयोजना गरेको कार्यक्रममा सहभागि हुने कार्यक्रम तय भएको छ ।
त्यसैगरि पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले काठमाडौंको कार्यक्रम, पूर्व सहमहामन्त्री डा रामशरण महतले काभ्रे, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर जिल्ला कार्यसमितिले लगनखेलमा आयोजना गरेको कार्यक्रममलाई सम्बोधन गर्नेछन् । नेता डा मिनेन्द्र रिजालले प्यूठान, गगन थापाले चितवन र प्रदीप पौडेलले दैलेखमा हुने विरोधसभा पछिको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
न्यूज समय
२ फाल्गुन, २०७७, आईतबार ००:००