नेकपाको दाहाल नेपाल समुहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै

न्यूज समय


सत्तारुढ नेकपाको दाहाल –नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

अपरान्ह पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम घोषणा गरिने संघर्ष समितिका सचिव डा विजय पौडेलले फेसबुक मार्फत जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनअघि आजै केन्द्रीय कार्यालय पेरिसडाँडामा संघर्ष समितिको सचिवालय बैठक बस्दैछ ।

दुई चरणका आन्दोलन कार्यक्रम सफल भएको र प्रतिगमनलाई धक्का दिएकोले अबको कार्यक्रमले प्रतिनिधिसभा पुनःस्थापना हुने दावी प्रचण्ड माधव पक्षको छ ।