राष्ट्रपति बिद्यादेवी भण्डारीले शुभकामना सन्देश दिँदै नेपालीबीचको एकता, सदभाव र सहिष्णुता कायम गरी समृद्ध नेपाल निर्माणमा सबैलाई प्रेरणा मिलोस भनेर कामना गरेकी छन् ।
राष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान र समूल्य सम्पदा हो । विविधतामा एकतामाथि गर्व गर्ने आधार हामीलाई यस्तै चाडपर्वले दिएका छन् ।’
विज्ञप्तिमा यी पर्वले हाम्रा मौलिक संस्कृति प्रवद्र्धन, सामुदायिक ऐक्यबद्धता र सामाजिक सदभाव अभिवृद्धि गर्न र बृहत राष्ट्रिय एकतालाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् भनिएको छ।
न्यूज समय
३० माघ, २०७७, शुक्रबार ००:००