प्रधानमन्त्री केपी ओली आज निर्वाचन आयोगको कार्यालय कान्तिपथ जाने भएका छन्। निर्वाचन आयोगका अनुसार आज बिहान ११ बजे प्रधानमन्त्री ओली आयोग आउने कार्यक्रम छ। प्रधानमन्त्री आयोग जानेबारेमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सोमवार नै कार्यालयमा जानकारी गराएका छन् ।
वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारी र नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको आधिकारिकता विवादजस्ता विषयमा छलफलका लागि प्रधानमन्त्री ओली आयोग आउन लागेको हुन सक्ने स्रोतको भनाइ छ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ। ओली र प्रचण्ड(नेपाल गरी दुई भिन्न समूह क्रियाशील छन्। उनीहरूले आफ्नो समूह नै आधिकारिक नेकपा भएको दाबी गरिरहेका छन्।
यसअघि आयोगले कुनै पनि समूहलाई नेकपाको आधिकारिकता दिएको थिएन। यसअघि गत माघ २० गते नेकपाका दाहाल नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाल निर्वाचन आयोगको कार्यालय पुगेर पार्टीको आधिकारिकता दाबी गरेका थिए ।
न्यूज समय
२७ माघ, २०७७, मंगलबार ००:००