नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताएका छन्।
सोमबार नेपालका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैटाैं स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार कोइरालाले भने, ‘नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु हुँदैन। संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुन्छ।’
महामन्त्री कोइरालाले आफ्ना कार्यकर्तालाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्वल रहेको पनि बताए।
न्यूज समय
२७ माघ, २०७७, मंगलबार ००:००