नेकपाको दाहाल नेपाल समुहका अध्यक्ष माधवकुमार नेपालले अहिलेको लडाइँ कुर्सी र पदको लागि हानथाप नभएको स्पष्ट पारेका छन्। संसद् विघटनको असंवैधानिक कदमविरुद्ध ट्रेड युनियनको श्रमिक भेलालाई सम्बोधन गर्दै ओली कुराले चिउरा भिजाउन खोजेका कारण आज निम्तिएको समस्याको जड भएको बताए ।
कम्युनिस्ट पार्टीको अहिलेसम्मको उपलब्धि ओलीले संकटमा पार्न खोजेको बताए। ओलीमा कम्युनिस्टमा हुनुपर्ने कुनै गुण नभएको समेत बताए।
उनले भने–‘ओलीको निरङ्कुश र गुटवादी स्वभावको कारणले यो समस्या भएको बताए। अहिलेको लडाई केपी प्रवृत्ति विरुद्ध भएको जिकिर गरे। ‘निति, विधि र पद्धतिबाट पार्टी चल्छ, तर, ओलीले राम्रोलाई भन्दा हाम्रो लाई अवसर दिन्छन् । ओली जस्तो मान्छे कम्युनिस्टमा हुने कुनै गुण नभएकाले कम्युनिस्ट पार्टीबाट हटाएका हौँ।’
निर्वाचन आयोगले ४४१ जना केन्द्रीय सदस्य भएको नेकपालाई आधिकारिकता दिएको उनले बताए। ओलीले रातारात थपेको नयाँ केन्द्रीय सदस्यलाई निर्वाचन आयोगले नचिनेको बताए।
न्यूज समय
२५ माघ, २०७७, आईतबार ००:००