२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

चुनावको तयारीका लागि निर्वाचन आयोगले बोलायो सर्वदलिय बैठक


निर्वाचन आयोगले चुनावबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ। आगामी निर्वाचनका विषयमा छलफल गर्न आइतबार बैठक बोलाइएको आयोगको कार्यालयले जनाइएको छ। प्रतिनिधिसभा र प्रदेशसभामा सहभागी रहेका सबै राजनीतिक दललाई बैठकमा बोलाएको हो।

प्रधानमन्त्री केपी ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेका छन्। मतदान केन्द्र र मतदान स्थल, मतदाता नामावली अद्यावधिकलगायत विषयमा दलहरूसँग आयोगले छलफल गर्न लागेको हो।

तर,संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला निर्वाचन आयोगले भने निर्वाचन तयारी थालेको हो। कोरोना महामारीको समयमा निर्वाचन गर्दा देशलाई थप आर्थिक भार पर्ने भन्दै कतिपयले यसको चर्को आलोचना गरिरहेका छन्।

संसद विघटनविरुद्ध सत्ता पक्ष र अन्य राजनीति दलहरु संघर्षका कार्यक्रम घोषणा गरी आन्दोलित छन्। प्रधानमन्त्री केप ओली भने वैशाखमा चुनाव गराइ छोड्ने अडानमा छन्।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*