ओलीसंग न कम्युनिट चरित्र न लोकतन्त्रवादीसंग हुनुपर्ने गुण छन् : अध्यक्ष नेपाल

न्यूज समय

सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा कम्युनिस्ष्ट चरित्रमा हुनुपर्ने कुनै गुण नै नभएको बताएका छन्। प्रेस संगठन दाङले शानिबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले ओलीमा लोकतन्त्रवादीमा हुनुपर्ने गुणपनि नभएको बताए ।

उनले भने–‘लोकतन्त्र जोगाउका लागि फेरि पनि कांग्रेस र हाम्रो काँधमा आएको छ। त्यसका लागि कांग्रेससँग कुरा भइसकेको छ। अब ओलीको असंवैधानिक कदमविरुद्ध हामी संयुक्त आन्दोलनमा जान्छौँ ।’

पत्रकार भेटघाट कार्यक्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु कृष्णबहादुर महरा, वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीलगायतका नेताहरुको उपस्थिति थियो।

अध्यक्ष नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको कार्यकता प्रशिक्षण कार्यक्रममा सहभागी हुन दाङ आएका हुन्।