नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रमुख नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।
विप्लव समूहको दोस्रो नेता मानिने बास्तोलालाई मकवानपुरको बागमती गाउँपालिकाबाट पक्राउ गरिएको एक उच्च प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।
उनी मकवानपुरबाट काठमाडौं उपत्यका प्रवेश गर्न लागेको सूचनाका आधारमा खोजीमा गएको प्रहरीले अर्का एक सहयोगीसहित पक्राउ गरेको छ ।
बास्तोलाको साथबाट महत्वपूर्ण दस्तावेज बरामद् भए पनि हतियार बरामदबारे प्रहरीले खुलाएको छैन ।
न्यूज समय
२९ पुस, २०७७, बुधबार ००:००