नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पूर्वमन्त्री एंव कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतका आमा बुबाको संझनामा भएको फुटबल प्रतियोगिताको फाइनल खेलमा सहभागि हुनका लागि आज सिन्धुपाल्चोकको बाह्रबिसे जाँदैछन ।
बाह्रबिसेमा एक फुटबल कार्यक्रमको समापनका लागि देउवा जान लागका हुन् । बाह्रबिसे नगरपालिका ४ स्थित पलाती अगेंरी पाखा खेल मैदानमा जिल्लास्तरीय नाईन ए साईड फुटबल प्रतियोगिता भैरहेको छ । गत पुष २२ गतेदेखि चलेको प्रतियोगिता भोलि समापन हुँदैछ ।
सिन्धुपाल्चोकका स्थानीय तहका बीचमा भएको सो प्रतियोगिताको फाइनल खेल मेलम्ची नगरपालिका र सुनकोसी गाउँपालिकाबीच हुनेछ ।
एक लाख एघार हजार एक सय ११ पुरस्कार राशि रहेको कोमल माया खड्क स्मृति कप फुटबल प्रतियोगिताको उद्घाटन काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले गरेका हुन् । पुर्व मन्त्री बस्नेतले आफ्नो बुबा आमाको सम्झनामा यो फुटबल प्रतियोगिताको आयोजना गरेका हुन्
न्यूज समय
२८ पुस, २०७७, मंगलबार ००:००