प्रधानमन्त्री केपी ओलीले सरकारलाई काम गर्न नदिइएको बताएका छन् । राष्ट्रियसभा बैठकमा ओलीले सरकारलाई काममा बाधा खडा गरिएको बताए ।
समयअगावै प्रतिनिधिसभा विघटन गर्नुपरेको भन्दै ओलीले त्यसको कारण सरकारलाई काम गर्न नदिइनु रहेको बताएका हुन् ।
सरकारलाई काममा व्यवधान खडा गर्ने, जहिले पनि झमेला मात्र सिर्जना गर्ने काम भएको उनले गुनासो गरे ।
अलिकति नयाँ मोडबाट,नयाँ घटना,नयाँ परिदृश्यबाट अगाडि बढिरहेको छ । यतिबेला हामी समयभन्दा अलिकति अगाडि प्रतिनिधिसभाको नयाँ जनादेश माग्न जनताकाबिचमा जाने तयारी गर्दै छौं,” उनले भने, “प्रतिनिधिसभा विघटन भयो । देश प्रतिनिधिसभाको निर्वाचनतर्फ उन्मुख छ ।”
उनले प्रतिनिधिसभा पाँच वर्ष चलोस् भनेर चाहे पनि त्यस्तो हुन नसकेको उनले बताए ।
न्यूज समय
२६ पुस, २०७७, आईतबार ००:००