१६ बैशाख २०८१, आईतवार  |  28 April 2024,Sunday
Ad

३० जना एसपी र ६९ जना डीएसपीको सरुवा

नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक एसपीको सरूवा भएको छ। माघ महिनादेखिको तलब, भत्ता सरूवा भएका ठाउँबाट पाउने गरी एसपीहरूको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा भएको छ।

मकवानपुरका एसपी सुशिलसिंह राठौरको महानगरीय प्रहरी कार्यालय विशेष सुरक्षा महाशाखा, रानीपोखरीमा भएको छ। महानगरीय अपराध महाशाखाका एसपी प्रकाश रानाभाटको जिल्ला प्रहरी कार्यालय धनुषामा सरूवा भएको छ। केन्द्रिय अनुसन्धान ब्युरोका एसपी बेलबहादुर पाण्डेको पर्सामा सरूवा भएको छ। पर्साका एसपी गंगा पन्तको भने केन्द्रिय अनुसन्धान ब्युरो ईन्टेलिजेन्स महाशाखा, महाराजगन्जमा भएको हो।

यस्तै नेपाल प्रहरीका ६९ जना डीएसपीको सरुवा भएको छ। प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयानुसार उनीहरुको सरुवा भएको हो। प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरिएको हो।

सरुवाको सूचीअनुसार अर्जुन रानाभात प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयमा सरुवा भएका छन्। त्यसैगरी कबित कटुवाल जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा सरुवा भएका छन्। कुलदीप चन्द रानीपोखरी, भेषराज रिजाल जिल्ला प्रहरी कार्यालय दोलखामा सरुवा भएका छन्

सरुवा भएका एसपी :

सरुवा भएका डिएसपी :

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*