तोकिएको मितिमा चुनाव गराउन माग गर्दै सर्वोच्चमा रिट, पेशी आजै तोकियो

न्यूज समय


सर्बोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाई भइरहेका बेला तोकिएकै मितिमा निर्वाचन गराउन माग गर्दै अर्को रिट दायर भएको छ ।

अधिवक्ता दिपक विक्रम मिश्रले आइतवार दर्ता गराएको रिटको प्रारम्भिक सुनुवाईका लागि आजै पेशी तोकिएको छ । रिटमा तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भन्दै निर्वाचनलाई प्रभावित पार्ने गतिबिधि नगर्नु नगराउनु भनि अन्तरिम आदेश माग गरिएको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरि वैशाख १७ र २७ गते दुई चरणमा नयाँ निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा निर्वाचनलाई प्रभावित पार्ने कुनै गतिबिधि रोक्न माग गरिएको हो ।