नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी आली अब नेपालको प्रधानमन्त्री हुन योग्य नभएको बताएका छन्।
प्रधानमन्त्री ओलीले हिजो एक कार्यक्रममा सम्बोधनका क्रममा प्रतिनिधि सभालाई कुहिएको छानो भनेको विषयलाई लिएर वरिष्ठ नेता पौडेलले ओली तानाशाह प्रवृतिको भएको टिप्पणी गरेका छन् ।
पौडेलले सामाजिक सञ्जाल मार्फत ओलीले प्रतिनीधिसभालाई कुहिएको छानो भनेको प्रति कडा आपत्ती जनाएका हुन् ।
उनले सामाजिक संजालमा लेखेका छन्– ‘प्रतिनिधिसभालाई कुहिएको नो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानाशाह प्रवृत्ति हुन्। उनी नेपालको प्रधानमन्त्री रहन योग्य छैनन्।’
न्यूज समय
१९ पुस, २०७७, आईतबार ००:००