सशस्त्र प्रहरी बलका ६ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआइजी पदमा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालयले बिहिबार ६ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरिएको मन्त्रालयको बढुवा समितिको सचिवालयले जनाएको छ।
बढुवाका लागि सिफारिस हुनेहरुमा कमल गिरी, गणेश बहादुर ठाडा मगर, अभिकुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी रहेका छन्।
न्यूज समय
१७ पुस, २०७७, शुक्रबार ००:००