प्रधानमन्त्री केपी ओलीले अग्रगमन र अग्रगतिको डुंगा अगाडि बढेको बताएउदै पुष्पकमल दाहाल माधव नेता लगागायत नेतालाई लक्षित गर्दै केहि साथी किनारामा छुटेको बताए ।
काठमाडौंमा सुदुरपश्चिमका कार्यकर्ता सहभागी भेलामा आज प्रधानमन्त्री ओलीले डुंगा अगाडि बढ्न उनीहरुले नदिएको नचाहेको तर डुंगा तानिरहेको भन्दै डुंगा अगाडि बढिसकेको तर उनीहरु किनारामा परेको बताए । उनले डुंगा रोक्न नेताहरूले नसकेको भन्दै समय, गति र अग्रगमनको डुंगा अगाडि बढेको बताएका छन्।
उनले भने–‘नारा के लगाउनुभयो। गणतन्त्रप्रति कस्तो नारा लगाउनुभयो। उहाँहरूले सडकभरि छरेर जानुभयो। जसको ध्यान आफूमा मात्रै छ। पदमा मात्रै छ। बोलेको भाषण के थियो।’
न्यूज समय
१५ पुस, २०७७, बुधबार ००:००