प्रचण्ड पत्नी सिता दाहाल अस्पताल भर्ना

न्यूज समय

सत्तारुढ नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

उनकी छोरी गंगाले आमालाई मेडीसिटी अस्पताल भर्ना गरेको जानकारी दिइन् ।

सीता लामो समयदेखि अस्वस्थ थिइन् । बुधबार थप गाह्रो भएपछि अस्पताल भर्ना गरिएको गंगाले बताइन् ।