२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

चिनियाँ उपमन्त्री आज काठमाडौं आउँदै


चीनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज काठमाडौं आउँदै छ। नेकपामा आएको विभाजनले नेपालमा राजनीतिक अस्थिरता बढ्ने देखिएपछि नेपालको राजनीतिक घटनाक्रमबारे जानकारी लिने उद्देश्यले चार सदस्यीय चिनियाँ टोली आउन लागेको हो।

उपमन्त्री कुओ नेतृत्वको प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ। त्यस क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधनमन्त्री केपी ओली, नेकपाको दाहाल नेपाल समुहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायत नेतासँग भेटवार्ता गर्ने तय भएको छ।

नेकपा विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट नेपाल आउन लागेको कुओ नेतृत्वको यो उच्चस्तरीय भ्रमण टोली हो। नेपालको सरकार चीनतिर ढल्किरहेको आरोप लाग्दै आएको थियो। कुओ अन्तर्राष्ट्रिय विभागमा ३३ वर्षदेखि कार्यरत छन्।

विभागका चार जना उपमन्त्रीमध्ये कुओ सबैभन्दा सिनियर नेता हुन्। नेपालको राजनीतिबारे अर्का छिमेकी राजदूत पनि दिल्ली पुगेका बेला उनको भ्रमण हुन लागेको हो

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*