नेकपाको पुष्पकमल दाहाल माधव नेपाल समुहले माइतीघरमण्डलमा प्रदर्शन सकेरे सांसद तथा केन्द्रीय सदस्यहरु निर्वाचन आयोगतिर लागेका छन् ।आफूहरु नै आधिकारिक भएको दाबी गर्दै उनीहरुले आजबाट प्रदर्शन थालेका छन् ।
आज विहान साढे नौ बजे माइतीघरमण्डलमा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरु उपस्थितमा प्रदर्शन गरेका थिए ।
बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार पार्टीका केन्द्रीय सदस्य र पार्टीको तर्फबाट विघटित संसदमा रहेका सांसदहरुको उपस्थितिमा १२ बजे निर्वाचन आयोगमा विशेष कार्यक्रम गर्न उनीहरु त्यता प्रस्थान गरेका हुन्।
पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको उपस्थितिमा गरिने कार्यक्रमको अर्थ पार्टीमा आफूहरु नै आधिकारिक रहेको र प्रतिनिधिसभा विघटित नरहेको सन्देश दिनु रहेको एक नेताले बताए।
न्यूज समय
१० पुस, २०७७, शुक्रबार ००:००