ओलीद्धारा १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

न्यूज समय

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले नेकपाको महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् ।

उनले वालुवाटारमा बसेको आफु पक्षको केन्द्रीय कमिटीको बैठकमा साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

त्यसमा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सुनाएका छन् ।