नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। आइतबार मन्त्रिपरषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्न लागेको हो।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवि भण्डारीको असंवैधानिक कदमबाट प्रतिनिधिसभा विघटन गरिएको भन्दै कडा प्रतिवाद गर्ने यसअघि नै बताइसकेको छ।
सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले ओली नेतृत्वको सरकारले अधिनायवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट संवैधानिक व्यवस्था प्रतिकुल प्रतिनिधिसभा विघटन गरेको ठहर गरेको थियो।
न्यूज समय
७ पुस, २०७७, मंगलबार ००:००